मनाङ एयर हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु
SamacharDesk | २०८० आषाढ २६, मंगलबार

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाउनुभएको थियो भने पाँच जना मेक्सिकन यात्राु सवार थिए । दुर्घटनामा ६ जनाको शव मध्ये एक जनाको शव टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ ।
घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो। शवहरू जलेको अवस्थामा रहेको खबर छ ।
अहिले शव संकलन गर्ने काम भइरहेको जनाइएको छ ।
Categorized in राष्ट्रिय