बाका भैरवको चर्चा गर्दै मानन्धर गुठीको कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०७९ पौष ११, सोमबार

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गर्दै काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले उहिले तत्कालीन काठमाडौं नगरको आधा भूभाग जितेका बाका भैरवलाई संरक्षण गर्दै आएको बताए । स्थानीय नेपालभाषामा बाखाको अर्थ आधा भन्ने लाग्छ । काठमाडौंको आधा भूभाग जितेको भएकोले नै बाखा भैरव भनिएको मानन्धरको भनाई थियो ।
सत्ययुगमा महामायाले त्रिदेवलाई ५ किसिमको वर दिए पश्चात् भैरवको उत्पत्ति भएको विश्वास गरिन्छ ।
कार्यक्रममा संघीय सांसद विराजभक्त श्रेष्ठले बाका भैरव गुठीलाई व्यवस्थित गर्ने क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । श्रेष्ठले सामुदायिक रुपमा संगठित भएकाहरुले संस्कृति संरक्षणमा दिएको योगदानलाई कदर गरी स्थायित्वको लागि आग्रह समेत गरे ।
स्तै, काठमाडौं ८ ‘क’ का प्रदेश सांसद शैलेन्द्र मान बज्राचार्यले निःस्वार्थ भावनाबाट प्रेरित भएर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा फरक विधामा योगदान दिएका र शैक्षिक क्षेत्रमा उपलब्धि हासिल गरेका समुदायभित्रका १८ जनालाई सम्मान गरिएको थियो ।
Categorized in समाज