मनासलु मा.वि.को २२ औं वार्षिकोत्सव सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २, मंगलबार

नयाँबजारस्थित मनास्लु पब्लिक मा.वि.ले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव मनाएको छ । गत शनिबार विद्यालयले एक भव्य कार्यक्रमको साथ आफ्नो २२औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल सरकारका पूर्व सचिव तथा भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थीले विद्यालय शिक्षाको स्तर उन्नतिमा मनास्लु पब्लिक मा.विले उल्लेखनीय भूमिका खेलेकोे तथा आगामी दिनमा पनि विद्यालयले युग सुहाउँदो ज्ञान र सीपमूलक शिक्षाप्रदान गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयकी प्राचार्य सुचिता शाक्यले शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारी सबैको सहअस्तित्व र सहकार्यमा मात्रै सबैको हीत हुने बिचार राखिन् ।
कार्यक्रममा मनासलु एजुकेशनल इन्ष्टिच्यूट प्रा.लि का अध्यक्ष हरिप्रसाद भट्ट, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु काप्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सवनम भट्ट, विद्यालयका संस्थापक निर्देशक जे.वी दवाडी लगायतले विद्यालय र अभिभावक विचको अन्तरसम्बन्धको महत्वमाथि प्रकाश पार्दै आआफ्ना मन्तव्य राखेका थिए ।
विद्यार्थीहरूद्वारा विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको कार्यक्रममा लोक दोहोरी गायक सञ्जय गुरूङ, श्रीदेवी देवकोटा, सुष्मा लामा, केसी माया रामदाम लगायतले साँङ्गीतिक प्रस्तुति दिएका थिए ।
Categorized in समाज