arin enterprises

म्यानचेस्टर युनाईटेडको संघर्षपूर्ण जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ७, आइतबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले संघर्षपूर्ण जित हासिल गरेको छ ।

शनिबार राति युनाईटेडले बर्नली माथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

युनाईटेडको जितमा कप्तान ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरे ।

उनले खेलको ४५ औं मिनेटमा जोनी इभान्सको पासको सदुपयोग गर्दै गोल गरेका हुन् ।

युनाईटेडले ९ अंक सहित तालिकाको आठौं स्थानमा छ ।

बर्नली १ अंक सहित तालिकाको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स