लिभरपुललाई हराउँदै म्यान्चेस्टर सेमीफाइनलमा
SamacharDesk | २०८० चैत्र ५, सोमबार

म्यान्चेस्टर युनाइटेड एफ.ए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
हिजो आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा हराउँदै म्यान्चेस्टर युनाइटेड ४–३ ले विजयी भएको हो ।
अतिरिक्त समयको पनि इन्जुरी टाइममा अमाद दियालोले निर्णायक गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले विजयी गराएको हो । यसअघि अतिरिक्त समयमा लिभरपुलका हार्भे इलियटले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
मार्कस रास्फोर्डले एक गोल थप्दै खेललाई ३–३ गोलको बराबरीमा पु¥याएका थिए । तर दियालेको इन्जुरी समयमा गरेको निर्णायक गोलले युनाइटेड विजयी बन्यो ।
जितसँगै म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गर्दा लिभरपुलको एकै वर्ष चारवटा उपाधि जित्ने संभावना समाप्त भयो । यसअघि खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीबाट २–२ गोल गरेको थियो ।
म्यान्चेस्टर युनाइटेडका स्कट म्याक्टोमेनी र एन्डर्सनले एक एक गोल गर्दा लिभरपुलका म्याक अलिष्टर र मोहोमद सालाहले दुई गोल गरेका थिए । एफ.ए कपकै अर्को खेलमा लेष्टर सिटीलाई ४–२ ले हराउँदै चेल्सी पनि सेमिफाइनलमा प्रवेश ग¥यो ।
आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मार्क कुकुरेला, कोल पाल्मर, चुकेमेका र मादुकेले एक एक गोल गरे ।
लेष्टर सिटीका स्टेफी माभिदिले एक गोल गर्दा चेल्सीकै डिफेन्डर अक्सेल डिसासीले एक आत्माघाति गोल गरेका थिए ।
Categorized in स्पाेर्ट्स