arin enterprises

म्यानसिटी एफए कपको क्वार्टरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १८, बुधबार

 म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा सिटीले पिटरर्सब्रग  युनाइटेडलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

वेस्टन होम्स स्टेडियम पिटर्सबर्गमा सम्पन्न खेलको ६०औं मिनेटमा रियाद महारेजको गोल गर्दै अग्रता दिलाए । ६७ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलमा अरु गोल हुन नसक्दा सिटी २–० ले विजयी भयो।

Categorized in स्पाेर्ट्स