म्यान्चेस्टर युनाइटेड र न्युकासल सेमिफाइनलमा
SamacharDesk | २०७९ पौष २७, बुधबार

चार्लटन एथ्लेटिकलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लीश लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आफ्नै मैदानमा गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाइटेडको लागि मार्कस रास्फोर्डले दुई गोल गरे । रास्फोर्डले दुबै गोल खेलको इन्जुरी समयमा गरेका थिए ।
२१ औं मिनेटमा ब्राजिलियन खेलाडी एन्टोनीले म्यान्चेस्टर युनाइटेडका लागि सुरुवाती गोल गरेका थिए ।
काराबाओ कपकै अर्को क्वाटरफाइनल खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै न्युकासल युनाइटेड पनि सेमिफाइनलमा पुगेको छ ।
प्रिमियर लिगको प्रतिद्धन्दी लेस्टर विरुद्धको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन ड्यान बर्न र जोएलिन्टनले एक एक गोल गरे ।
काराबाओ कप फुटबलमा आज राती साउथह्याम्पटन र म्यान्चेस्टर सिटी तथा नटिङ्घम फरेष्ट र वुल्भरह्याम्पटन वान्डरर्स भिड्नेछन् ।
Categorized in स्पाेर्ट्स