युरोपा लिग उपाधिको लागि म्यानचेस्टर युनाइटेड र भिल्लारियल बिच प्रतिस्पर्धा हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २४, शुक्रबार

युरोपा लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब भिल्लारियल प्रतिस्पर्धा हुने भएको छ ।
म्यानचेस्टर इटालियन क्लब रोमालाई समग्रमा ८–५ गोलले पछि पार्दै उपाधि नजिक पुगेको हो । म्यानचेस्टर पहिलो लेगमा ६–२ ले विजयी भएको दोस्रो लेगमा भने ३–२ गोलले पराजित भयो ।
बिहीबार राति भएको दोस्रो लेगको खेलमा रोमाका लागि जेकोले ५७ र क्रिस्टियनले ६० मिनेटमा गोल गरेका थिए । म्यानचेस्टरका टेलेसले ८३ मिनेटमा आत्मघाती गोल गर्दा रोमालाई फाइदा भएको थियो ।
यता म्यानचेस्टरका लागि दुवै गोल काभानीले गरे । उनले खेलको ३९ र ६८ मिनेटमा गोल गरे ।
त्यस्तै बिहीबार राति नै अर्को खेलमा इंग्लिस क्लब आर्सनललाई समग्रमा २–१ गोलले पराजित गर्दै भिल्लारियलले पनि फाइनलमा स्थान बनायो ।
पहिलो लेगमा भिल्लारियल २–१ ले विजयी भएको थियो । बिहीबार राति भएको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि भिल्लारियल फाइनल पुगेको हो ।
उपाधिका लागि म्यानचेस्टर र भिल्लारियलबीच आगामी २६ मेमा पोल्यान्डको गदान्स्कमा प्रतिस्पर्धा हुनेछ ।
Categorized in स्पाेर्ट्स