arin enterprises

म्यानचेस्टर युनाईटेडको पुनरागमन जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १०, आइतबार

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।

शनिबार भएको खेलमा युनाईटेडले नोटिङ्हम फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको हो ।

ओल्डट्राफोर्डमा युनाईटेडले खेलको सुरुआतमै २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा पुनरागमन जित हासिल गर्न सफल रह्यो ।

ताइवो अवोनियी र विली बालीले खेलको दोस्रो र चौथों मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

इरिक्सेनले १७ औं मिनेट र कास्मिरोले ५२ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई खेलमा फर्काएका थिए ।

ब्रुनो फर्नान्डेजले ७६ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै युनाईटेडलाई शानदार पुनरागमन जित दिलाए ।

त्यसअघि ६७ औं मिनेटमा पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो । 

Categorized in स्पाेर्ट्स