इङ्गलिस प्रिमियर लिगमा : म्यानचेस्टर युनाइटेडको जित, टोटनह्याम बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २३, सोमबार

इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ ।
गयराति भएको खेलमा म्यानचेस्टरले ब्राइटनलाई २–१ले पराजित गरेको हो ।
म्यानचेस्टरको घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ब्राइटनले अग्रता लिएको थियो भने दास्रो हाफमा म्यानचेस्टरले अग्रता लियो ।
ब्राइटनको लागि ड्यानी वेल्वेकले १३औं मिनेटमा गोल गरेको थियो ।
६२ औं मिनेटमा मार्कस ¥यासफोर्डले गोल गर्दै खेल बराबरीमा ल्याए । मेसन ग्रीनवुडले ८३ औं मिनेटमा अर्को गोल गरेपछि खेल २–१ले म्यानचेस्टरको पोल्टामा गयो ।
यो जितसँगै ३० खेलमा ६० अंक जोडेर म्यानचेस्टर दोस्रो स्थानमा छ ।
त्यस्तै गयराति नै भएको अर्को खेलमा टोटनह्याम बराबरीमा रोकेको छ ।
टोटनह्यामले न्युकासलसँग २–२ गोलको बराबरीमा खेलेको हो ।
उक्त खेलको २८औं मिनेटमा जोलिंटनले गोल गर्दै न्युकासललाई अग्रता दिलाए ।
ह्यारी केनले ३० औं र ३४औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।
८५ औं मिनेटमा जोय विल्लकले गोल गर्दै खेल २–२को बराबरीमा ल्याए ।
यो सँगै ३० खेलमा ४९अंक जोडेर टोटनह्याम पाँचौ स्थानमा छ भने न्युकासल समान खेलमा १७ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स