रियललाई हराउँदै म्यानसिटि फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ४, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ५–१ गोलले हराउँदै म्यानसिटी फाइनल पुगेको हो ।
पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा गएराति भएको दोस्रो लेगमा भने म्यानसिटी ४–० ले विजयी भयो ।
सिटिको घरेलु मैदान इथिहाद स्टेडियमा भएको खेलमा सिटीले पहिलो हाफमै रियलमाथि २–०को अग्रता बनाएको थियो ।
सिटीका लागि बेर्नान्डो सिल्भाले दुई गोल गरे । सिल्भाले २३औं मिनेटमा केभिन डि ब्रुएनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३७ मिनेटमा बेर्नान्डो सिल्भाले अग्रता दोब्बर पारे ।
म्यानुएल अकानजीले ७६ मिनेटमा गोल गरेपछि सिटी ३–० ले अघि रह्यो । दोस्रो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजले सिटीका लागि चौथो गोल गरे ।
यो सँगै म्यानसिटि दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
सिटीले यसअघि दुई सेमिफाइनलमा रियलसँग हारेको थियो। तर यसपटक घरेलु मैदानमा च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियलविरुद्ध हाबी भयो।
म्यानसिटीले अब उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ ।
फाइनल खेल १० जुनमा टर्कीको इस्तानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।
Categorized in स्पाेर्ट्स