म्यानसिटि प्रिमियर लिगको उपाधि नजिक
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १, सोमबार

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । आइतबार एभर्टनलाई ३–० गोलले पराजित गरी अंक तालिकामा सिटीले चार अंकको अग्रता लिएको छ ।
आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल ब्राइटनसँग ३–० ले पराजित हुँदा सिटी उपाधि नजिक पुगेको हो । यदि सिटीले एक जित हात पारे उपाधि जित्नेछ ।
गएराति भएको खेलमा सिटीका लागि गुन्डोआनले ३७ औं र ५१ औं मिनेटमा गोल गर्दा हाल्यान्डले ३९ औं मिनेटमा गोल गरे ।
यो जितसँगै अंक तालिकामा सिटी ३५ खेलबाट ८५ अंक जोड्दै शीर्ष स्थानमा छ । एक खेल बढि खेलेको दोस्रो स्थानको आर्सनलको ८१ अंक छ ।
म्यान सिटी पछिल्ला ६ सिजनमा पाँचौ उपाधिको नजिक छ ।
Categorized in स्पाेर्ट्स