ट्रेबल जित्ने अभियानमा म्यानसिटि
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ४, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ ।
म्यानसिटि प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि गरि ट्रेबल जित्ने अभियानमा रहेको हो ।
गएराति स्पेनिस क्लब रियल म्याड्रिडमाथि सान्दार जित निकाल्दै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
इटालियन क्लब इन्टर मिलानसँग च्याम्पियन्स लिगको फाइनल खेल्नुअघि म्यानसिटी अहिले प्रिमियर लिग तथा इंग्लिस एफए कपको उपाधि नजिक छ ।
प्रिमियर लिग उपाधिबाट सिटी एक जित मात्र टाढा छ । पछिल्लो ६ वर्षमा सिटि पाँचौ पटक प्रिमियर लिग च्याम्पियन हुँदैछ ।
एफए कपको लागि फाइनलमा सिटिले म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।
यदि सिटिले तीनै उपाधि जित्न सफल भए ट्रेबल जित्ने दोस्रो इंग्लिस क्लब हुनेछ ।
यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले पहिलो पटक ट्रेबल जितेको थियो ।
Categorized in स्पाेर्ट्स