प्रहरीले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश–२०७७ सार्वजनिक भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त कार्यादेश सार्वजनिक गर्नुभएको हो ।
सोही अवसरमा महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी कार्ययोजना–२०७७ को Implementation Tracking Software पनि शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरुले संगठनलाई सही मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
प्रस्तुत कार्यादेशको फलोअप गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत पु¥याउने विचार व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
कोभिड–१९ लाई सबैको साझा शत्रुको रुपमा लिई यसको नियन्त्रणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु र प्रदेश प्रहरी प्रमुखहरुको भर्चुअल्ली उपस्थिति रहेको थियो ।
Categorized in समाज