arin enterprises

‘मंसिर महिना वल’ को म्युजिक भिडियो सार्वजनिक

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ २९, सोमबार

नेपाल भाषाको गीत ‘मंसिर महिना वल’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार एक कार्यक्रम बिच यस म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा कान्छा बाबू तण्डुकार र एलिना शाक्यको स्वर रहेको छ ।

यस्तै गीतमा संगीत र शब्द भने रविन्द्र शाक्यको रहेको छ ।

कलाकारहरुमा भने सबिन शाक्य र शोभा महर्जनको अभिनय गरेका छन् ।

राजन शाहिको निर्देशनमा बनेको यो भिडियोको छयांकन अमर चित्रकारले गरेका छन् ।

शनिबार म्युजिक भिडियो बिमोचन कार्यक्रममा जनसंगीत श्रष्टा अमरराज शर्मा राजोपाध्याय र नेवा आइडल मन्जिल शाक्यले नेवा पत्रकार र भिडियोका कलाकारहरुलाई सम्मान पनि गरिएको थियो ।

Categorized in पेजथ्री