arin enterprises

१५ करोड थान सिक्का टकमरी गरिने

SamacharDesk | २०८० श्रावण २३, मंगलबार

नेपाल सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले नेपाल रु ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति दिने निर्णय बैठकले गरेको बताउनुभयो ।

उहाँले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताउनु भयो । उहाँले मन्त्रीपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको बताउनु भयो ।

यसैगरी, उहाँले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय