म्यानुले हरायो लेस्टर सिटीलाई
SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई ३–० ले हराएको छ ।
आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा जेडन सान्चोले एक गोल थपे ।
जितसँगै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगको शिर्ष चारको पकडलाई थप बलियो पारेको छ । लिगमा २४ खेलबाट म्यान्चेस्टर युनाइटेडको ४९ अंक भएको छ ।
समान खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको आर्सनल ५४ अंकसहित शिर्ष स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हरायो । टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमर्सन रोयल र ह्युङ मिन सनले एक एक गोल गरे ।
जितसँगै २४ खेलबाट ४२ अंक जोडेको टोटनह्याम अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स