arin enterprises

पल शाह अभिनीत म्युजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७८ बैशाख ३१, शुक्रबार

नेपाली चलचित्र क्षेत्रमा अहिलेका चर्चित र सफल नायक पल शाह अभिनित एउटा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शाहको साथमा मोडल मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो बाइअर्न स्टुडियो नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतलाई नेपाली चलचित्रमासमेत आवाज दिइसकेकी गायिका दीपा लामाले गाएकि छिन् । युवा संगीतकार प्रकाश लामाको सङ्गीत र फणीन्द्र राईको एरेन्जमेन्ट गीतका रचनाकार विपिन मर्म हुन् ।

म्युजिक भिडियोलाई नरेन्द्र मोक्तानले छायाङ्कन गरेका छन् भने दिन्सन शाहले दृश्य सम्पादन गरेका छन् । कोरीयोग्राफी भने सन्तोष राजवाहकले गरेका छन् । 

Categorized in पेजथ्री