मेयर शाहको विहानैदेखि सरकारप्रति तिखो आलोचना
SamacharDesk | २०७९ चैत्र २५, शनिबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन् ।
उनले देश सफा गर्ने हो भने अब नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । साथै उनले आजदेखि सिंहदरबारको फोहोर पनि नउठाउने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’
त्यस्तै मेयर साहले दोस्रो स्टाटस लेख्दै सरकार र नेताहरूको तीखो आलोचना गरेका छन् । सामाजिक सञ्जालमा लगातार असन्तुष्टि जनाउँदै उनले अहिलेको नेपालको सरकार भारत र चाइनाले बनाएको आरोप लगाएका हुन्।
यस्तो सरकारको आफूले कुनै इज्जत नगर्ने समेत बताए। उनले फेसबुकमा लेखेका छन्, ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म।’
‘नेपाल स्वाधीन कहिले हुनेर' 'आफ्नो अस्तित्व कहिले बनाउने' 'लाज लाग्दैन’ नेताहरूलाई उनले प्रश्न समेत तेर्स्याएका छन् ।
