arin enterprises

मेयर शाहलाई सचेत गराउने मन्त्रिपरिषदको निर्णय

SamacharDesk | २०७९ चैत्र २८, मंगलबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सरकारले आप्mनो जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ ।

गत हप्ता महानगरलाई काम गर्न सरकारले कुनै सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाएपछि आज बसेको मन्त्रिपरिषद बैठकले सचेत गराउने निर्णय गरेको हो ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।

बैठकमा शितलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारकी प्रवक्ता, सञ्चारमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखकोे घोषणा नीतिगत व्यवस्था बिरुद्ध रहेको बताउनु भयो ।

Categorized in स्थानीय