मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा राखे यलम्बरको तस्वीर
SamacharDesk | २०८० पौष १२, बिहिबार

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमहल दाहाल प्रचण्डको तस्विर हटाएको छ ।
धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले बुधबार आप्mनो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर हटाएको हो ।
साम्पाङले मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए । सोही बमोजिम उनले राष्ट्रप्रमुखहरुको तस्वीर आप्mनो कार्यकक्षबाट हटाएर किराती राजा यलम्बरको तस्वीर राखेका छन् ।
मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु १ जय देश ।’
केही दिनअघि पनि साम्पाङले ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’ जस्ता विवादित स्ट्याटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए ।
यलम्बरलाई किरातहरूको पहिलो राजा मानिन्छन्। जसले किराँतीहरूको रहनसहन व्यापार, रीतिथिति, संस्कार, संस्कृति जोगाउने कार्य गरेका थिए भनिन्छ ।
काठमाडौँ उपत्यकाका गोपाल वंशका राजालाई पराजित गरी उपत्यकालाई आफ्नो राज्य स्थापित गर्ने पहिलो ठूलो किरात राजासमेत रहेका यलम्बरले नेपालकै ठुलो र लामो शासन गर्ने किरात राजा मध्ये एक मानिन्छन् ।
Categorized in समाज