arin enterprises

एमबाप्पे रियल म्याड्रिड जान सहमत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ९, बुधबार

फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे रियल म्याड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन स्पेनिस जायन्ट रियलमा जान सहमत भएका हुन् । उनले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए ।

फ्रान्सका २५ वर्षीय कप्तानमको आगामी जुनमा उनको पीएसजीसँगको सम्झौता सकिदैछ । एम्बाप्पेले रियलसँग सम्झौता गरिसकेका छैनन् ।

फेब्रुअरी १३ मा प्रशिक्षणमा जानु अघि उनले क्लबका अध्यक्ष नासिर अल खालिफासँग भेट्दै आफुले पीएसजी छाडेर रियलमा जान लागेको बताएका थिए । एमबाप्पले पीएसजीका लागि कीर्तिमानी २ सय ४४ गोल गरेका छन् ।

एम्बाप्पेले रियल मड्रिडसँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ । उनले रियल म्याड्रिडबाट सिजनको १५ मिलियन युरो प्राप्त गर्नेछन् । सम्झौता हस्ताक्षर वापत एम्बाप्पले १ सय ५० मिलियन युरो हात पार्नेछन् ।

यस्तै इमेज अधिकार वापत प्राप्त हुने रकमको केही प्रतिशत उनीसँग यथावत नै रहनेछ ।

रियलका प्रशिक्षक कार्लोस एन्सेलोटीले यसअघिनै एम्बाप्पेलाई टिममा कसरी प्रयोग गर्ने विषयमा बताएका थिए ।

एमबाप्पले रियलमा जुड बेलिंघम, भिनिसियस जुनियर जस्ता युवा स्टारसँग खेल्नेछन् । 

Categorized in स्पाेर्ट्स