ललितपुर महानगरपालिका–१६को उद्घोषण तालीम सम्पन्न
SamacharDesk – बिराज | २०८० बैशाख ६, बुधबार

ललितपुर महानगरपालिका– १६ वडा कार्यालय बाल अधिकार समितिको आयोजनामा ७ दिने उद्घोषण र व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी ७ दिने तालीमको औपचारिक समापन गरिएको हो । कार्यक्रममा ललितपुर महागरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले तालीमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष शाक्यले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे ।
आयोजक समितिका संयोजक वडा सदस्य बबिता श्रेष्ठले फुसर्दको समयमा बालबालिकाले मोबाइल हेर्दै बिताउनु भन्दा विभिन्न अतिरिक्त क्रियाकलाप र रचनात्मक गतिविधिमा सक्रिय भए भविष्य उज्वल हुने धारणा राखिन् ।
तालिममा २५ जना प्रशिक्षार्थी मात्र सहभागी गराउने लक्ष्य राखिएको भएपनि शैक्षिक सत्र २०७९ सम्पन्न भएसँगै सहभागीतामा बालबालिकाहरुको उत्साह निकै ठुलो देखिएर ५० भन्दा बढिलाई सहभागी गराइएको संयोजक श्रेष्ठले बताइन् ।
प्रशिक्षार्थीहरुलाई प्रशिक्षक सरीना बज्राचार्यले प्रशिक्षण दिएकी थिइन् ।
Categorized in स्थानीय