arin enterprises

केन्द्रीय मानन्धर संघको क्षमता विकास तालिम सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आश्विन २९, सोमबार

केन्द्रीय मानन्धर संघले आयोजना गरेको १० दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष राजेश श्रेष्ठले गृहिणी महिलाहरुको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

वडाध्यक्ष श्रेष्ठले महिलाहरुलाई विभिन्न क्षेत्रको लागि सक्षम बनाउन तालिम कार्यक्रमले टेवा दिने विश्वास समेत व्यक्त गरे ।

तालिममा गृहिणी, विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मी, घरेलु तथा साना उद्योग गर्दै आएका महिला उद्योगी व्यवसायी, शिक्षिकाहरुको समेत सहभागिता रहेको तालिम संयोजक अनुसुया मानन्धरले बताइन् ।

केन्द्रीय मानन्धर संघका सभापति मनोज कुमार मानन्धर, निवर्तमान सभापति गोपाल कृष्ण मानन्धर, उपसभापति बद्रीनारायण मानन्धर, सचिव गजेन्द्र मान मानन्धर लगायतले आआफ्नो विचार राखेका थिए ।

महानगरपालिकासँगको सहकार्यमा संघले नेतृत्व विकासदेखि वाक कला र औपचारिक कार्यक्रमको उद्घोषण तालिम आयोजना गरेको हो ।

तालिममा १४ देखि ७० वर्ष उमेर समुहका प्रशिक्षार्थीले सहभागिता जनाएको तालिम कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएका थिए ।

त्यस्तै, सिटीईभिटीईया एसेसर म्यानेजर सुमिना मानन्धर र रेडियोकर्मी सुरेन्द्र मानन्धरले पनि सहजीकरण गरेका थिए ।

Categorized in समाज