रुसी रक्षामन्त्री साइगु र उत्तर कोरियाली नेता किम बीच भेटवार्ता
SamacharDesk | २०८० श्रावण ११, बिहिबार

रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तरकोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् ।
रुसी रक्षामन्त्री सोइगुले उत्तरकोरिया भ्रमणमको क्रममा राजधानी प्योङयाङमा नेता किमसँग भेटवार्ता गरेका हुन् ।
उक्त भेटवार्तामा दुई देशबीचको रक्षा सम्बन्धलाई थप मजबुद बनाउने विषयमा केन्द्रीत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रक्षा, क्षेत्रीय सुरक्षालगायतका आपसी हितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
वार्तापछि उत्तर कोरियाली नेता किमले रुसी रक्षामन्त्रीलाई क्षेप्यास्त्रहरुको भण्डारण देखाएको जनाएको छ ।
युक्रेन युद्धका कारण पश्चिमा देशहरुसँगको सम्बन्ध बिग्रिएको रुस र पश्चिमाहरुसँग परम्परागत दुश्मनी राख्दै आएको उत्तर कोरियाबीचको यो वार्तालाई अर्थपुर्ण भनिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय