पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
SamacharDesk – बिराज | २०७९ चैत्र २३, बिहिबार

नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेश एकलाई कोशी नामकरण गरिएपछि उत्पन्न परिस्थिती र त्यसको तत्काल वार्ताबाट समाधान गर्न ज्ञापन पत्रमा भनिएको छ । साथै आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्त्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पहिचानभन्दा समावेशी र समानताको मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । देशका सबै जातजातीको लागि समान अवसर र अधिकार दिलाउन आफु प्रतिवद्ध रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
Categorized in राजनीति