arin enterprises

फिफा प्लेयर अफ द इयर अवार्ड मेस्सीलाई

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण १६, मंगलबार

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा प्लेयर अफ द इयर अवार्ड जितेका छन् । फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

उनले फ्रेन्सका फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएका थिए ।

महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्लेयर अफ द इयर अवार्ड जितिन् ।

कोच अफ द इयर अवार्ड पुरुषतर्फ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जिते भने महिलातर्फ सरिना वेइगम्यानले जितिन् ।

यस्तै गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी एअर्प्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गर्दा बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गरेका छन् ।

Categorized in स्पाेर्ट्स