मेस्सीको डेब्यु खेलमा गोलसँगै मियामीको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ६, शनिबार

लियोनल मेस्सीले अमेरिकन क्लब इन्टर मियामीका लागि डेब्यु गरेको खेलमा गोल गरेका छन् ।
शनिबार भएको लिग कपको अन्तिम मिनेटमा प्राप्त फ्रि–किकमा गोल गर्दै मेस्सीले मियामीलाई जित दिलाएका हुन् ।
एक/एक गोलको बराबरीमा रहेको खेल मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २–१ ले हरायो ।
खेलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले खेलमा अग्रता बनाएको थियो । ६५ औं मिनेटमा युरिएल अन्तुनाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीतर्फ उन्मुख खेलमा मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई जित दिलाएका हुन् ।
यो जित सहित मियामीले समूह चरणमा तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
इन्टरले अन्तिम पटक गत मेमा एउटा खेल जितेको थियो । पछिल्ला ११ खेलमा जित विहिन यात्रालाई मेस्सीकै सहयोगमा मियामीले अन्त्य गरेको छ ।
Categorized in स्पाेर्ट्स