arin enterprises

लखतीर्थको क्रसिङ ब्रीजको मध्य भाग जोडियो

SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

काठमाडौ महानगरपालिका वडा नं. १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोड्ने कार्य सम्पन्न भएको छ ।

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण गरिएको पुलको मध्य भाग जोड्ने काम सम्पन्न भएको हो ।

सो अवसरमा संघीय सांसद जीवन राम श्रेष्ठ, कामपा १५ वडाका अध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितीका अध्यक्ष अमृत रत्न डंगोल, सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको समेत उपस्थिति रहेको थियो ।

यस पुलको कुल लागत अनुमान ८० लाख १० हजार ८ सय २ रुपैयाँ ११ पैसा रहेको छ ।

पुल निर्मााणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आर्थिक वर्ष २०७६/७७ बाट ५१ लाख ५२ हजार ३ सय ९४ रुपैयाँ २७ पैसा विनियोजन गरिएको छ भने उपभोक्तामार्फत २ लाख ५७ हजार ६ सय १९ रुपैयाँ ७१ पैसा योगदान भएको छ ।

यस वर्ष अपुग रकम क्रमागत योजनामा आर्थिक वर्ष २०७७/७८ को बजेटबाट बिनियोजन गरी पुरा गरिने बताइएको छ ।

Categorized in समाज