दुग्ध किसानहरु भुक्तानीको माग गर्दै आन्दोलित
SamacharDesk | २०८१ आषाढ ७, बिहिबार

दूग्ध किसानहरुले आप्mनो भुक्तानी माग गर्दै दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
आफ्नो भुक्तानी माग गर्दै घेराउन गर्न पुगेका किसानहरु र प्रहरीबीच झडप हुँदा दुग्घ किसानहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामो समयदेखि दुग्ध विकास संस्थान तथा निजी डेरीहरुबाट आफ्नो भुक्तानी नपाएको भन्दै तत्काल भुक्तानीको माग गर्दै प्रदर्शन गरेको हो ।
पटक पटक सम्झौता÷सहमति भएपनि सोको कार्यान्वयन नभएको उनीहरूको आरोप छ । आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी उनीहरुले दिएकाछन् ।
आफ्ना माग प्रति सरकारले वेवस्ता गरेको भन्दै उनीहरुले आन्दोलनलाई देशव्यापी बनाउने पनि बताएकाछन् ।
उता संसदमा समेत दुग्ध किसानहरुको भुक्तानी तत्काल उपलब्ध गराउने एमालेले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
बुधवारको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेक महेश बर्ताैलाले दुग्ध किसानहरुले पाउनुपर्ने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताउनु भयो ।
उहाँले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरु लिएर आन्दोलन गरिरहेका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताउनु भयो ।
उहाँले दुध किसानहरुले दुध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिव ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताउनु भयो ।
Categorized in राष्ट्रिय