arin enterprises

भूकम्पबाट घर भत्केर लाखौंको क्षति

SamacharDesk – बिकाश | २०७७ आश्विन १, बिहिबार

बुधबार विहान गएको भुकम्पले धनकुटामा एउटा कच्ची घर ढलेर ४० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।

धनकुटा नगरपालिका २ पैदले बस्ने पृथ सिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । 

भूकम्पबाट घर ढल्दा अन्नपात, लत्ताकपडा र काठहरु समेत गरी उक्त रकम बराबरको धनमाल नष्ट भएको हो प्रहरीले जनाएको छ । 

त्यस्तै पर्वतको कुश्मा १ पाङ बस्ने नारायण सुबेदीको कच्ची घरको पछाडिको भित्ता छानो सहित भत्किएको छ । 

बुधबार विहानकै भूकम्पको धक्काले उक्त घरको भित्ता छानो सहित भत्किन गई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

Categorized in समाज