कोटेश्वरमा भएकाे आगलागीमा लाखाैंकाे क्षति
SamacharDesk – बिकाश | २०७८ बैशाख १५, बुधबार

काठमाडौंको कोटश्वरस्थित एक फर्निचर पसलमा गए राति आगलागी भई लाखौंको धनमाल नष्ट भएको छ ।
कोटेश्वरको झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा अलागलागी भएको हो । अनुसन्धानको क्रममा विद्युत सर्ट भई आगलागी भएको देखिएको प्रहरीले बताएको छ ।
हिरा महर्जनको फर्निचर उद्योगबाट शुरु भएको आगो नजिकका पसल र घरहरुमा समेत फैलिएको थियो ।
फर्निचर उद्योग नजिकै तेज बहादुर कार्कीको घरमा रहेको फर्निचर पसल, अष्टमान महर्जन तथा रमेश गौतमको घरमा समेत आगलागी भएको थियो ।
घटनामा करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ ।
Categorized in समाज