arin enterprises

सोर्सफोर्स वा बार्गेनिङ गरेको भेटे प्रमाण सहित ईमेलमा उजुरी दिन मन्त्री श्रेष्ठको आग्रह

SamacharDesk | २०८० चैत्र ५, सोमबार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोजे ईमेलमा उजुरी दिन आग्रह गरेकि छिन् ।

फेसबुकमा पोस्ट गर्दै मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । उक्त पोस्टमार्फत नै उनले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोजेहरुमाथि निर्ममतापूर्वक कारबाही गर्ने चेतावनी दिएकी छिन् ।

त्यस्तै शिक्षा मन्त्रालय वा मातहतका निकायमा कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि कसैले सोर्सफोर्स लगाउए उसको मूल्यांकनमा ०.५ नम्बर घटाइने समेत उनले पोस्टमा उल्लेख गरेकी छिन् ।

‘ शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ’ उनले लेखेकी छिन् ।

साथै उजुरी प्राप्त हुनासाथ अनुसन्धान गरेर तत्कालै कारबाही गरिने समेत उनको प्रतिवद्धता छ । त्यस्तै दुस्प्रचारको पछि नलाग्न पनि उनले अनुरोध गरेका छन् ।

शिक्षामन्त्रीलाई उजुरी पठाउन complaints@moest.gov.np मा मेल पठाउन सकिनेछ ।

Categorized in राष्ट्रिय