चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितिन मिस वर्ल्ड २०२४
SamacharDesk | २०८० फाल्गुण २७, आइतबार

चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले मिस वर्ल्ड २०२४ को उपाधि जितेकी छन्।
शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो।
२४ वर्षिया पिस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन । क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औं मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्।
मिस वर्ल्ड २०२२ की क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट(रनरअप घोषित भइन् ।
नेपालले भने यो संस्करणको प्रतिस्पर्धामा अन्तिम ४० सम्म मात्रै पुग्न सपल भयो ।
‘ब्युटी विथ अ पर्पस’ विधामा नेपाल एसियाली विजेता बन्यो । नेपालको प्रतिनिधित्व मिस नेपाल प्रियांका रानी जोशीले गरेकी थिईन ।
Categorized in पेजथ्री