arin enterprises

माछापुच्छ्रे बैंकको डब्बल धमाका योजना

SamacharDesk | २०७९ आषाढ ३, शुक्रबार

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ ।

उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सकिनेछ ।  साथै बैंकले यस खातामा साँवा रकमको ९०% सम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ ।

इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नुहुनेछ ।

माछापुच्छ्रे बैंकले हाल देशका७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।

Categorized in बिजनेस