ललितपुर महानगरपालिकालाई आधुनिक फोग मेसीन सहयोग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २७, बिहिबार

प्लेइिङ फर चेञ्ज नेपाल फाउण्डेशनले ललितपुर महानगरपालिकालाई दुई वटा आधुनिक फोग मेसीन सहयोग गरेको छ ।
फाउन्डेसनले महानगरपालिकाबाट संचालित दुई वटा आइसोलेन केन्द्रको लागी दुईवडा अत्याधुनिक फोग मेसीन सहयोग गरेको हो ।
आज ललितपुर महानगरपालिकाको सभाहलमा फाउण्डेशनले महानगर प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याललाई उक्त मेसीन हस्तान्तरण गर्यो ।
फाउन्डेसनका सल्लाहकार बिसन्तर शाक्य, अध्यक्ष इश्वर बज्राचार्य, उपाध्यक्ष प्रविन बहादुर शाक्य तथा सदस्य सुजन बज्राचार्यले संयुक्त रुपमा मेसीन हस्तान्तरण गरे ।
सो अवसरमा महानगर प्रमुख महर्जनले महानगरपालिकाले कोरोनाबाट मृत्यु भएका, उपचारमा रहेका र आइसोलेसनमा रहेकाहरुलाई नगर सहयोग गर्ने घोषणा भइसकेको स्मरण गराउनुभयो ।
घोषणालाई कार्यान्वयनमा लानको लागि आवश्यक मापदण्डहरु तयार भइरहेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष बज्राचार्यले महामारीको बेला आइसोलेसन नपाएर मानिसले कष्ट भोग्नुपरेको स्थितिमा महानगरपालिकाले आइसोलेसन कक्ष सञ्चालन गरि मानविय जीवन रक्षा गर्ने कार्य गरिरहेको बिचार राख्नुभयो । ।
भविष्यमा पनि मानवीय सेवामा संस्थाको सहयोग निरन्तर हुने प्रतिवद्धता बज्राचार्यले व्यक्त गर्नुभयो ।
त्यस्तै फाउन्डेसनका सल्लाहकार शाक्यले नेपालमा नै पहिलो पटक चाइनामा निर्मित अत्याधुनिक सेनिटाइज गर्ने फोग मेसिन महानगरपालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।
उपाध्यक्ष शाक्यले चीनको वुआन शहरमा पनि कोराना महामारीको समयमा यसै फोग मेसिनबाट स्यानिटाइज गर्ने गरिएको जानकारी दिनुभयो ।
फाउन्डेसनबाट प्राप्त उक्त फोग मेसीन ज्यापु समाज वृद्धाश्रममा र खोकनामा संचालित आइसोलेन केन्द्रका संयोजकहरुलाई हस्तान्तरण गरिएको छ ।
Categorized in स्थानीय