arin enterprises

मोनाको फ्रेन्च कपको फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३१, शुक्रबार

मोनाको फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा रुम्ली भालियर्सलाई ५–१ गोलले पराजित गर्दै मोनाको फाइनल पुगेको हो ।

उक्त खेलमा सुरुवाती अग्रता भने भालियर्सले बनाएको थियो । उसको लागि २० औं मिनेटमा एलेक्सी प्युगेटले गोल गरेको थियो ।

तर, २८ औं मिनेटमा अर्थर बोजोनले आत्मघाती गोल गरेपछि मोनाको खेल एक–एक गोलको बराबरीमा आयो ।

यस्तै खेलको ३२ औं मिनेटमा उरेलिनले,५५ औं मिनेटमा विसम बेन एड्डरले, ७८ औं मिनेटमा सेस फाब्रीगासले र ८१ औं मिनेटमा एलेक्सानडर गोलोभिनले गोल गर्दै मोनाकोलाई ५–१ को जित दिलाए ।

अब मोनाकोले उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मे १९ मा खेल्नेछ ।

Categorized in स्पाेर्ट्स