अनुगमन उपसमितिबाट विभिन्न अस्पतालको अनुगमन
SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले विभिन्न अस्पतालको अनुगमनलाई निरन्तरता दिएको छ ।
उपसमितिले पछिल्लो पटक दुवाकोटस्थित के.एम.सि अस्पताल, भक्तपुर अस्पताल, सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपन केन्द्र भक्तपुर, काठमाडौ बिश्वबिद्यालय धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका कोभिड १९ क्वारेन्टाइन र बागमती प्रदेश अन्तर्गत जनस्वास्थ्य प्रयोगशाला धुलिखेलको अनुगमन गरेको छ ।
अनुगमनमा सहजीकरणका लागि संसदीय टोलिसहित भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी तारा देवि थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जू, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत समेतको सहभागिता रहेको थियो ।
प्रत्येक ठाउँमा अनुगमनको क्रममा भेटिएका कमिकमजोरीलाई तुरुन्त सच्याउन टोलिले निर्देशन दिँदै त्यहाँका समस्याहरु तथा सुझावहरुको सम्बन्धमा सरकारसङ्ग पहल गर्ने उपसमिति संयोजक संघीय सांसद जीवनराम श्रेष्ठले आश्वासन दिएका थिए ।
उपसमिति संयोजक श्रेस्ठका साथमा सांसदहरु अन्जना बिशन्खे,सरिता न्यौपाने, एकबाल मिया, नमिता चौधरी, उपसमितिका सचिव अमित कुमार यादव, सचिवालयका कर्मचारी नारायण बस्नेत गरि जम्मा ७ जनाको टोलिले स्थलगत अनुगमन गरेका थिए ।
Categorized in समाज