arin enterprises

प्रयागपोखरीमा पसल जलेर करोड बढिको क्षति

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २२, बुधबार

ललितपुरको प्रयागपोखरीस्थित एक फेन्सी पसलमा आगलागी हुँदा करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर महानगरपालिका–६ प्रयाग पोखरीस्थित हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति आगलागी भएको हो ।

झापाकी हाल महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने २६ वर्षीय गंगा श्रेष्ठको पसलमा आगलागी हुँदा विभिन्न फर्निचरको सामाग्री साथै कपडा पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको श्रेष्ठले बताएकी छन् ।

Categorized in समाज