arin enterprises

भाषिक अधिकारको मागमा मातृभाषा मार्च

SamacharDesk – बिराज | २०७७ फाल्गुण २९, शनिबार

नेपालका सबै मातृभाषाहरुलाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ने माग कडा रुपले उठ्न थालेको छ । बालाजु काण्डमा हिरासतमा परेकालाई भेट्न जानेहरुलाई समेत नेपालभाषा बोलेको भन्दै पक्राउ गरेपछि भाषिक अधिकारको आवाज उठ्न थालेको हो ।

यसै क्रममा शुक्रबार ललितपुरमा मातृभाषा मार्चको आयोजना गरिएको छ । नागरिक समाजले ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म मातृभाषा मार्चको आयोजना गरेको हो ।

मार्चका सहभागीहरुले ‘सबै मातृभालाई सरकारी कामकाजको भाषा बनाउ, भाषामाथिको दमन अन्त्य गर, मेरो भाषा सबथोक हो, मेरो गरीमा, मेरो पहिचान, मेरो जीवन– मेरो मातृभाषा’ लगायतका नारा लेखिएको ब्यानर बोकेका थिए ।

मंगलबजार पुगेपछि मार्च कोणसभामा परिणत भएको थियो । कोणसभालाई विभिन्न भाषिक अभियानकर्मीहरुले सम्बोधन गरेका थिए । 

Categorized in समाज