arin enterprises

विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो ।

ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किँदा रौटहट फतुवा बिजयपुर नगरपालिका–११ भैँसाही बस्ने २३ वर्षीय चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागी कलैया अस्पताल बारा लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Categorized in समाज