arin enterprises

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

SamacharDesk – बिकाश | २०७८ बैशाख १५, बुधबार

रुपन्देहीमा भएको सडक दुर्घटनामा एक एक युवकको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा–१३ करौजिया बस्ने २५ वर्षीय राजु प्रसाद थारुको मृत्यु भएको हो ।

मंगलबार राति सडकमा रोकी राखेको लु.१ क ४०९४ नम्बरको ट्याङ्करमा लु.२४ प ३३३० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका राजु प्रसादको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in समाज