arin enterprises

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष २५, सोमबार

ललितपुरमा दुई वटा गाडी र एउटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक पुरुषको  मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हुम्ला सिमिकोट घर भई हाल ललितपुर महानगरपालिका–१५ हात्तिवन बस्ने ३६ वर्षीय भुपेन्द्र रावतको मृत्यु भएको हो ।

ललितपुर महानगरपालिका–१७ स्थित सडकमा बागमती प्रदेश ०१–०२५ च ०८०१ नम्बरको गाडी, नम्बर नखुलेको एउटा गाडी र बा.४२ प ४०९६ नम्बरको मोटरसाइकल आइतबार राति एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका रावतलाई उपचारको लागि पाटन अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Categorized in समाज