मोटरसाइकल आउटराईडर्स तालिम सुरु
SamacharDesk – बिकाश | २०७७ माघ ७, बुधबार

प्रहरी अधिकृतहरुका लागि मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम शुरु भएको हो ।
महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले तालिम उद्घाटन गर्दै नयाँ प्रविधिको बारेमा प्रशिक्षार्थीलाई जानकारी दिलाई अझ योग्य र दक्ष चालक उत्पादन गर्न तालिमले सहयोग पुयाउने बताउनुभयो ।
सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक कमलेन्द्रलाल कर्णले ३५ दिनको तालिममा प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवान गरी जम्मा २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।
Categorized in समाज