arin enterprises

बोलेरोसँग ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ माघ २५, बुधबार

काठमाडौंको तिनकुनेमा गए राति बोलेरो जिप र मोटरसाइकल ठोक्किएर भएका दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंको तिनकुने मुनिभैरवस्थित सडकमा बा.४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्र.२–०३–००१ च ३९९८ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने २३ वर्षीय नोजन राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उचार भइरहेको छ ।

बोलेरोका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज