सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
SamacharDesk – क्राइम ब्यूराे | २०७८ श्रावण १९, मंगलबार

बर्दिबासमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–४ बस्ने २३ वर्षीय धिर बस्नेतको मृत्यु भएको हो ।
बर्दिबास नगरपालिका–४ बिश्वकर्मा चोकमा बस्नेत सवार बा.९२ प ३२०६ नम्बरको मोटरसाइकललाई बा.१८ च ३६८५ नम्बरको सुमोले ठक्कर दिएको थियो ।
सुमोले ठक्कर दिएको मोटरसाइकलमा फेरी प्रदेश १–०४–००१ च ०२७९ नम्बरको बलेरोमा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा बस्नेको मृत्यु भएको हो ।
सुमो र बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज