ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ पौष २०, मंगलबार

धरानमा सडकमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनामा भक्तपुर नगरपालिका–२ घर भएका ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो ।
सिजापति सवार बा. ५८ प ८३२८ नम्बरको मोटरसाइकल धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित सडकमा रोकीराखेको ना.७ ख ११५८ नम्बरको ट्रकमा ठोक्किन पुगेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धरान घोपा अस्पताल थियो भने उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Categorized in समाज