arin enterprises

हिमपपहिरोमा परी ३ शेर्पा आरोहीको मृत्यु

SamacharDesk | २०७९ चैत्र २९, बुधबार

सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ ।

खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको मृत्यु भएको हो ।

सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा  छन् । इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका आज बिहान मृत्यु भएको हो ।

बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ ।  उद्धारका लागि हवाई तथा गस्ती टोली घटनास्थलमा गए पनि शव खोंचमा भएका कारण उद्धार प्रयास असफल भएको छ ।

वसन्त ऋतुको आरोहण सिजनको सुरुवातमै सगरमाथामा मानवीय क्षति भएको हो । यसैगरी मुलुकका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा अन्य १० जनाको ज्यान गएको छ ।

Categorized in समाज