arin enterprises

सांसद चौधरी जेल चलान

SamacharDesk | २०७९ माघ २०, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी ट्याक्टर जलाएको घटनामा दोषी ठहर भएपछि जेल चलान भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अरुण चौधरी गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।

चौधरीलाई हिजो बाँकेबाट पक्राउ गरेको थियो । शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरेलगत्तै अदालतको आदेश बुझाएर चौधरीलाई जेल चलान गरिएको हो ।

१३ वर्ष अघि २०६६ सालमा ट्याक्टर जलाएको घटनामा सांसद चौधरीसहित तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना जेल र ८ लाख १८ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० साल वैशाख ९ गते उक्त घटनाको फैसला सुनाएको थियो ।

यस बीचको अवधिमा फरार सूचिमा रहेका चौधरी हिजो पक्राउ गरी अदालतको आदेश कार्यान्वयनका लागि कैलाली लगिएको थियो ।

Categorized in समाज