arin enterprises

सांसद जीवनरामले कोरोना संक्रमितलाई भेटघाट गरे

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ भाद्र २५, बिहिबार

कोरोना संक्रमितलाई वहिष्कार होइन, सबैले हौसला प्रदान गरौं भन्ने सन्देश दिँदै संघीय सांसद जीवनराम श्रेष्ठले होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितहरुलाई भेटेका छन् ।

सांसद श्रेष्ठले कोरोना पोजेटिभ भइ लक्षण नदेखिएका होम आइसोलेसनमा बसेका संक्रमितलाई घर घरमै गएर भेटेर सुस्वास्थ्यको कामना गरेका हुन् ।

‘रोग जो कोहीलाई पनि लाग्न सक्छ, रोग लाग्यो भनेर सामाजिक वहिष्कार गर्ने होइन,’ सांसद श्रेष्ठले भने, ‘समाज मिलेर उहाँहरुलाई हौसला प्रदान गर्नुपर्छ, उहाँहरुको मनोबल बढाउनुपर्छ ।’

सो अवसरमा काठमाडौं महानगरपालिका १५ वडाका अध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु निमा घ्याम्छो तामाङ, आनन्द राम गौतम र मैयाँ लक्ष्मी महर्जनको समेत उपस्थिती रहेको थियो । 

साथै केही स्थानीय सहित सांसद श्रेष्ठ र कामपा १५ वडाका जनप्रतिनिधिहरुसँगै गएर कोरोना संक्रमितसँग भेटघाट गरेका थिए ।

Categorized in समाज